राजनीति

रविको दाबी- चर्चाका तीन प्रकरणको निष्पक्ष छानबिन गरे औंलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन्

Advertisements
MAHABAI RURAL MUNICIPALITY

आलोचकलाई जवाफ- एयरपोर्टबाट क्विन्टल सुन छिराउन ढोका खोल्नेहरुको विरोध गर्नुस्

प्रकाशित: ३२ श्रावण २०८० बिहीबार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् । इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताए ।

उनले भने, ‘यहाँ मलाई ढोका खोल्दियो भनेर पनि विवाद गरिएको छ । नेपालको एयरपोर्टमा तस्करहरुलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरुको विरोध गर्नुस् । अरु ढोकाको विरोध गर्न अहिले जरुरी छैन । तीनको विरोधमा हामी उत्रिएका छौं । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिरेको छ ।’

उनले अहिले कारवाही आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औंलामा गन्ने नेतामात्रै बाँकी रहने बताए । उनले इमानदारपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे ।

उनले आगामी निर्वाचनसम्म पार्टी संगठनलाई बलियो बनाएर पहिलो पार्टी बनेर देशको फोहोर सफा गर्ने बताए । जनताको मुद्दा बोल्न नसक्नेले राजनीतिबाट बिदा हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *