सूचना-प्रविधिहेडलाइन

अब ७० अंक ल्याए बागमतीबाट सवारी लाइसेन्स

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं – बागमतीमा ७० अंक ल्याए लाइसेन्स पाइने भएको छ। बागमती प्रदेश सरकारले ट्रालयमा ७० अंक ल्याए सवारी चालक अनुमति पत्र प्रणाली लागू गरेको हो। त्यसका लागि बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले आवश्यक प्रक्रिया पुरा भएको जनाएको छ। अघिल्लो सरकारभित्र यस विषयमा मतभेत हुँदा काम अघि बढ्न सकेको थिएन।

वर्तमान सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आवश्यक प्रक्रिया पूरा गरेर उक्त प्रणाली लागू गर्न निर्देशन दिइएको बताए। यस अघि मन्त्रालयले पुस २० गतेबाट यो प्रणाली लागू गर्ने तयारी गरेपनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकेका थिए। चारवटा प्रदेशमा यो लागू भइसकेको छ।

यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका सूचना अधिकारी राजु अर्यालले उक्त प्रणालि लागू गर्न सबै प्रक्रिया र तयारी पूरा गरिएको बताए। उनका अनुसार उक्त अब मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको लाइसेन्सको लागि कुल अंकभार एकसयमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थीले सवारी चालक अनुमति पत्र प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *