आलेख/अग्रलेखहेडलाइन

मेरो स्मृतिमा सुवासचन्द्र नेम्वाङ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

मेरो स्मृतिमासुवासचन्द्रनेम्वाङ

                                                            प्रेमबहादुर सिंह

राष्ट्रहित, लोकतन्त्र अग्रगामी परिवर्तनका लागि इतिहासको बिभिन्नकालखण्डमा नेपाली जनताले पटकपटक गरेका ऐतिहासिकजनआन्दोलन सशस्त्र संघर्षका क्रममा कम्यूनिष्ट एबं लोकतान्त्रिकआन्दोलनका बिभिन्न नेताकार्यकर्ताहरूसंग सम्पर्क, मित्रता सहकार्यका दौरान २०४८ सालमा राष्ट्रिय सभाको सदस्य भएपछि कमरेडसुवासचन्द्र नेम्वाङसंग मित्रता सहकार्य शुरू भएको हो।सो मित्रता सहकार्य वहाँको जीवनपर्यन्त कायम रह्यो।

सुवासको अकल्पनीय मृत्यु राष्ट्रको अपूरणीय क्षति हो।वहाँको रिक्तता लामो समयसम्म पुर्ताल असंभबप्राय भएकोमहसूस गर्दै गहिरो पीडा सहित वहाँसंगका सहकार्यका केही ऐतिहासिक महत्वका बिषयहरूलाई स्मरण गर्न चाहान्छु।

बिज्ञानको बिध्यार्थी भएकाले स्थानीय निकायमा काम गर्दाको अबस्थामा कानूनको सामान्य जानकारी अभिरूचिभएतापनि मलाई कानुनसम्बन्धी आधारभूत ज्ञान थिएन।२०४८ सालमा राष्ट्रिय सभाको सदस्य भएपछि मेरोकानूनप्रतिको रूचिलाई बुझेर नेकपा(एमाले) ले मलाई राष्ट्रिय सभामा गठन हुने प्रत्येक विधेयक सम्बन्धी विशेषसमितिको सदस्य भएर काम गर्ने

अवसर प्रदान गर्यो,जसमा सुवासचन्द्र नेम्वाङ, कृष्णप्रसाद घिमिरे, सिन्धुनाथ पोखरेल, महादेब प्रसाद यादव जस्तानेपालका वरिष्ठ एबं धुरनधर कानूनका ज्ञाताहरू हुनुहुनथ्यो।वहाँहरूसंग सहकार्य अन्तरक्रिया गर्ने अवसर प्राप्त हुदामलाई कानूनसम्बन्धी जान्ने बुझ्ने अवसर प्राप्त भयो।यसमा सुवासजीको सुझाब सल्लाहको ठूलो भूमिका रहेको , जसको कारणले कानून निर्माण गर्न कानून तथा न्याय मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न मलाई मद्दतपुग्यो

संविधा निर्माणको शुरूवाती चरणदेखिनैसंविधान सभा अध्यक्षका हैशियतले वहाँले मलाई  अवधारणा पत्र प्रारम्भिक मस्यौदा सम्बऩधी प्रतिवेदन अध्ययन समितिउच्चस्तरीय कार्यदल, संविधानका विवादित बिषयमा सहमतिकायम गर्न गठित हरेक समिति, उपसमिति,कार्यदलमा रहेर काम गर्ने अवसर दिनु भयो, जसका कारणले संविधानसभाबाट जारी भएको समानता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, धर्मनिरपेक्षता,संघीयता, सहभागितामूलक समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूत भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण जारी गर्न महत्वपूर्ण योगदान गर्न सकेँ।यो वहाँको मप्रतिको ठूलो बिश्वास स्नेह थियो भन्ने प्रष्ट हुन्छ।यसका लागिवहाँप्रति आभार व्यक्त गर्ने  मैले उपयुक्त शब्द नै पाईरहेको छैन।

एउटा जनजातिको छोरालाई देशको शिखर पुरूष बन्न त्यति सहज थिएन।मिलनसार, सरल स्वभाव

मृदु भाषी, कडा परिश्रम बहुआयामिक व्यक्तित्वका कारण नेपालको राजनीतिमा वहाँ साझा व्यक्तित्व बन्न सफलहुनु भएको हो।यसका बावजुद वहाँका बिरूध्द अनेक गलत अफबाह लाञ्छना लगाउने प्रयत्नहरू नभएका भने होईनन्तर ती सबै षडयन्त्रहरूलाई वहाँमा सजिलै परास्त गर्ने क्षमता थियो।वहाँ बिरूध्द रचिएका वा रचाईएका अनेकौषडयन्त्रहरूलाई परास्त गर्न  वहाँ हमेशा सजग, सतर्क मात्र हुनुहुन्थेन त्यसको कसरी भण्डाफोर सामना गर्ने भन्नेबिषयमा पनि वहाँ गम्भिर हुनुहुन्थ्यो।

नेपाल धर्मनिरपेक्ष राज्य हुनेछभन्ने वाक्यांश प्रतिनिधि सभाको घोषणा, २०६३ मा

वहाँले घुसाएको भन्ने यदाकदा निराधार आरोप लगाउने  गरेको सुनिन्छ, यसमा कृष्णप्रसाद सिटौला लगायत बिभिन्नदलका दर्जनौ

नेताहरूको नाम समेत जोड्ने गरिन्छ जुन बिलकुलै निराधार कपोतकल्पित हो।वास्तविकता के हो भने नेपालमानेकपाको स्थापनाकालदखि नै नेकपाले नेपाल धर्मनिरपेक्ष राज्य हुनुपर्दछ भन्ने मान्यता राख्दै आएको सुवास नेम्वाङकम्यूनिष्ट पार्टीको नेता भएकोले वहाँ धर्मनिरपेक्षताको पक्षधर भएकोमा विवाद छैन, तर  प्रतिनिधि सभाको घोषणा, २०६३ को बुँदा नं मा रहेकोनेपाल धर्मनिरपेक्ष राज्य हुनेछभन्ने वाक्यांश वहाँले घुसाएको भन्ने कसैले भन्छ भने त्योआरोप निराधार, कपोलकल्पित सुनियोजित हो किनभने प्रतिनिधि  सभाको घोषणा, २०६३ सम्बन्धी प्रस्ताव २०६३साल जेठ गते मा. गिरिजाप्रसाद कोइराला नेतृत्वको  मन्त्रीपरिषदले पारित गरि सो प्रस्ताव २०६३ साल जेठ गतेकोप्रतिनिधि सभाको दैनिक कार्यसूचीमा राखी मा. प्रधानमन्त्रीले प्रतिनिधि सभाको घोषणा,२०६३ प्रस्तुत गर्नु भयो प्रस्तुत गर्ने क्रममा आफ्नो स्वास्थ्यस्थिति खराब भएको कारण उक्त घोषणा मा.सभामुखलाई पढेर सुनाउन मा. प्रधानमन्त्रीले अनुरोध गर्नु भएपछि मा. सभामुखले बैठकमा पढेर सुनाउनु भयो।

बैठकमा प्रस्ताव प्रस्तुत भएपछि प्रारम्भ भएको छलफलमा भाग लिदै मा. माधवकुमार नेपाल, मा. सुशील कोइराला, मा. शेरबहादुर देउवा, मा. पशुपति शमषेर जबरा, मा. सूर्यबहादुर थापा, मा. चित्रबहादुर केसी, मा. यज्ञजित शाह, मा. हृदयेश त्रिपाठी, मा. परी थापा, मा. नारायणमान बिजुक्छेले प्रस्तावको पक्षमा पूर्ण समर्थन रहेको धारणा राखे पश्चातसो प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत हुदा सर्वसम्मतिले पारित भएको हो।

प्रतिनिधि सभाको घोषणा, २०६३  राजपत्रमा प्रकाशित , मन्त्रीपरिषदको निर्णय प्रतिनिधि सभाको दैनिक कार्यसूचीसुरक्षित छन्।यदि कसैलाई भ्रम भए यी तथ्यका आधारमा भ्रममुक्त हुन मद्दत पुग्नेछ।कुत्सित मनसाय राखी अध्यारोकुनामा बसेर अझ पनि भ्रम सृजना गर्ने व्यक्ति वा तत्वलाई इतिहासले माफी दिने छैन

संविधानका पितासुवासचन्द्र नेम्वाङको बहुआयामिक व्यक्तित्व बारे विस्तृत चर्चापरिचर्चा हुने नै ।संविधानजारी हुने दिनमा वहाँले दिएको ऐतिहासिक भाषणका महत्वपूर्ण अंशहरूलाई तल उद्धरण गर्दै वहाँप्रति भावपूर्णश्रध्दाञ्जली अर्पण गर्दछुःसंविधान राम्रो भएर मात्र पुग्दैन, यसको कार्यान्वयनमा इमान्दारी प्रतिवध्दता हुनु जरूरीछ।संविधानले शासन पद्दतिका सिध्दान्तहरू तय गर्छ।संविधानले बुद्धि, विवेक क्षमता भने बाड्न सक्दैन। तसर्थसंविधान राम्रो भएर मात्र हुदैन, संविधानको सहज प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक नेतृत्वले विवेकशीलभई क्षमता प्रदर्शन गर्न सक्नु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *