राजनीति

प्रचण्ड सर्वोत्कृष्ट राजनेता हो, उहाँसँग देशलाई नेतृत्व गर्ने क्षमता छ : जनार्दन शर्मा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

‘दोरम्बा हत्याकाण्ड शान्ती विरोधी गिरोहले घटाएको निकृष्ट दमन थियो’

प्रकाशित: ३२ श्रावण २०८० बिहीबार

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दोरम्बा हत्याकाण्ड शान्ति विरोधी राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोहले घटाएको निकृष्ट दमन भएको बताएका छन् ।

२० औं दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘दोरम्बा हत्याकाण्ड शान्ती विरोधी राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोहले घटाएको निकृष्ट दमन थियो जुन प्रकारान्तरमा असफल भयो । विगतका सामान्तवाद विरोधी आन्दोलनहरुबाट शिक्षा लिएर त्यो भन्दा पृथक तरिकाले प्रचण्डले सोचेर नै जनयुद्ध सफल भयो । उहाँमा देशलाई नेतृत्व र रुपान्तरण गर्न सक्ने क्षमता छ। प्रचण्ड सर्वोत्कृष्ट राजनेता हो ।’

उनले माओवादी पार्टी सदैब आम जनताको साथमा भएको बताए ।

यस्तै, बागमती प्रदेशका मुख्मयन्त्री सालिकराम जम्कट्टेल दोरम्बालाई राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउन लगानी गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *