कला-साहित्य

मानन्धरलाई मिश्र पुरस्कार

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ९ फागुन २०७९, मंगलवार

काठमाडौँ –  साहित्यकार एवम् शिक्षासेवी शान्तदास मानन्धरले युद्धप्रसाद मिश्र स्मृति पुरस्कार–२०७९ पाएका छन् । काठमाडौंमा शनिबार आयोजित ३३ औं युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा मानन्धरलाई पुरस्कार प्रदान गरिएको हो ।

मिश्र प्रतिष्ठानका अध्यक्ष फणीन्द्रराज निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिकर्मी रघुजी पन्तले पुरस्कार हस्तान्तरण गरे । मानन्धरले साहित्यका विविध पाटोमा पुर्‍याएको योगदानको पन्तले प्रशंसा गरे ।

कार्यक्रममा प्राडा. जीवेन्द्रदेव गिरीले मानन्धरको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरे भने समाल‍ोचक रामप्रसाद ज्ञवालीले कवि मिश्रमा बारेमा विचार राखे । वाग्मती प्रदेशसभा सदस्य किरण थापाले मिश्र साहित्यिक र राजनीतिक व्यक्तिहरूका लागि प्रेरणाको स्रोत भएको बताए । पूर्वमन्त्री शान्ता मानवीले पुरस्कारका बारेमा प्रष्ट पारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *