विज्ञान

अनुसन्धान र विकास

Advertisements
MAHABAI RURAL MUNICIPALITY

Advertisements
MAHABAI RURAL MUNICIPALITYअनुसन्धान बिकास(R&D)

                          प्रेमबहदुर सिंह

रोमन म्यागासेसे पुरस्कार

बिजेता एबं राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष महावीर पुनले निम्न मागहरू राखीआन्दोलनको घोषणा गरेपछि सिंगो समाज तरङ्गित हुन गएको छ।

  • अनुसन्धान, नवप्रवर्तन आविष्कार गर्ने प्रतिभाशाली सृजनशील नेपालीहरूलाईअनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष सङ्घीय प्रदेश सरकारले आफ्नो विकासबजेटको प्रतिशत रकम छुट्टाउनु पर्ने अनुसन्धान, नवप्रवर्तन आविष्कार कोषमा राख्नुपर्ने। सोकोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन आविष्कारगर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्नपाउने व्यवस्था गर्नुपर्ने।
  • सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली नवीनतम सोच भएकानेपालीहरूलाई उपलब्ध गराउन सांसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टैअनुसन्धान, नवप्रवर्तन आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐनबनाउनुपर्ने आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहु वर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियमबनाइनु पर्ने।
  • अनुसन्धान, नवप्रवर्तन आविष्कार गरेर बनेका सफलतापूर्वक परीक्षण गरिएकाचिजलाई उत्पादन गरी नव उद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान सहज ऋण उपलब्ध गराउनु पर्ने स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोससहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन आवश्यकताअनुसार नीति नियमबनाउनका लागिनव उद्यमी प्रवर्द्धन समितिबनाउनु पर्ने सो समितिले सरकारलाई आवश्यक कदमचाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।
  • प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र विश्वविद्यालयहरूमाव्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न प्रवर्द्धन गर्नका लागि विज्ञानमन्त्रालयअन्तर्गतव्यवहारिक अनुसन्धान नवप्रवर्तन विभागखोल्नुपर्ने। उक्त विभागलाई देशकाप्रतिभाहरूलाई विदेश पलायन हुन नदिन विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी कुनरूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयारगर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।

उपरोक्त माग सम्बोधन गर्न निम्न सहमति भएको छः

.अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृतरूपमा संचालन गर्ननेपाल सरकारले एउटा कोष स्थापना गर्ने यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथाआविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने।

.कोषको व्यवस्थापन तथा संचालन गर्न संघीय संसदको आउदो अधिवेशनमा विधेयक पेश गरि पारितगर्ने।सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिन भित्र तयार गर्ने।

.आगामी आर्थिक बर्षदेखि संघीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथाविकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने।

.अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्ध्दन गर्न आवश्यक नीतिगत,कानूनी, एबंसँस्थागत प्रबन्ध गर्ने।आविष्कारबाट उत्पादित बस्तु तथा सेवाहरूलाई आवश्यक पर्नेअनुमति,लाइसेन्स,दर्ता, संचालन तथा दिगोपन कायम गर्ने बिषयसंग सम्बन्धित कानूनमा सुधार गरिसहजीकरण गर्ने।।५.मागपत्रमा उल्लेखित अन्य बिषयहरूलाई कानून बनाउदा ध्यान दिने।

अनुसन्धान बिकास बीच अन्योन्याश्रित

सम्बन्ध छ।कुनै पनि देश वा सँस्थाले बैज्ञानिक अनुसन्धान बिना अपेक्षित बिकास हाँसिल गर्न संभब हुदैन।यसका लागि लगानी आबश्यक पर्छ।अनुसन्धान बिकास(R&D) का  लागि बिकसित देशहरूले कुलगार्हस्त उत्पादनको .% देखि % सम्म बजेट विनियोजन गर्ने गरेका छन् भने बिकासशील देशहरूले.% सम्म लगानी गर्ने गरेका छन्।

बिकसित बिकासशील निम्न शिर्ष २० देशहरूले आफ्नो कुल गार्हस्त उत्पादनको देहाएको प्रतिशत बजेटलगानी गरेर अपेक्षित लक्ष्य हाँसिल गरेका छन्ः

.इजरायल– —.४४%

.कोरिया——.%

.स्विडेन——-.५३%

.बेल्जियम—–.४८%

.अमेरिका—–.४५%

.जापान——-.२६%

.आष्ट्रिया—–.२०%

.स्विट्जरल्याण्ड.१५%

.जर्मनी——–.१४%

१०.डेन्मार्क——.९६%

११.फिनल्याण्ड.९४%

१२.आइसल्याण्ड.४७%

१३.चीन———.४०%

१४.फ्रान्स——–.३५%

१५.नेदरल्याण्ड—-.२९%

१६.नर्वे———-.२८%

१७.स्लोभेनिया—-.१५%

१८.चेक गणतन्त्र.९९%

१९.सिंगापुर——-.८९%

२०.अष्ट्रेलिया—–.८०%

नेपालमा बिकासका प्रचुर संभाबना हुदा पनि देश गरिब जनता गरिबीको दुष्चक्रमा जिउन विवश छन्।यसको एकमात्र कारण देशले दूरदर्शी नेतृत्व नपाउनु नै हो।आशा गरौ, अहिले चलेको बहशले देशलाईबिकासको बाटोमा अघि बढ्न कोशे ढुङ्गा सावित होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *