राजनीतिसमाचार

माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल सुन प्रकरणमा तानिन सक्ने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

तस्करी गरेर ल्याइएको बरामद सुन छुटाउन पहल गरेको आरोप लागेका र अनुसन्धान प्रतिवेदनमा समेत नाम भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कारवाहीमा तानिन सक्ने भएका छन्।

सरकारको उच्च तहले प्रहरीले सुन प्रकरणको अनुसन्धान प्रतिवेदनमा यी दुवैको नाम उल्लेख गरेको र नाम हुँदा हुँदै पनि थप अनुसन्धान अघि नबढाउँदा सरकारको साख खस्किएको विश्लेषण गरेको छ।

‘अनुसन्धान प्रतिवेदनमा कि दुवैको नाम राख्न हुँदैन थियो। राखेपछि तिनीहरूको बयान लिनु पर्थ्यो तर त्यसो किन गरिएन। यसले ठूलो प्रश्न खडा गरेको छ’, सरकारको उच्च तहले नागरिक न्युजसँग भन्यो।

अनुसन्धान प्रतिवेदनमा नाम आइसकेपछि त्यसको छिनोफानो नगरी अघि बढ्ने अवस्था नहरेको विश्लेषण उच्च तहको छ। यसले गर्दा उपाध्यक्ष महरा र उनका छोरा राहुल कारबाहीमा तानिने सम्भावना बढेको छ।

महरा र उनका छोरा राहुल माथि चिनियाँ व्यापारीको सुन छोड्न भन्सारका कर्मचारीलाई पटक–पटक फोन गरेर दबाब दिएको आरोप छ।

सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ। सुन तस्करसँगको संवाद र चिनजान भएको तथा पक्राउ परेको सुन छुटाउन विमानस्थलका कर्मचारीहरूलाई भनसुन गरेको भन्दै सुन प्रकरणमा संलग्न भएको आरोप लागेका माओवादी उपाध्यक्ष महराले यसको प्रतिवाद गरिरहेकै छन्। उनले विज्ञप्ति जारी गरेर यस विषयमा खण्डन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *