खेलकुद

कुशल भुर्तेलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको छ । भु

र्तेललको ११५ रन मद्दतमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।

लिग टु क्रिकेटमा पनि नेपालकी खेलाडीको यो पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो ।

नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामीले विजयी चौका प्रहार गरे । नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो ।

नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै जित निकालेको थियो । गत जुनमा लिग टु मै अमेरिका विरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा नेपालले स्कोर टाई गरेको थियो । गत वर्ष टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाएँदा पराजित भएको थियो ।

भुर्तेल ओडीआई र टी-२०आईमा नेपालका लागि शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बने । यसअघि पूर्व कप्तान पारस खड्का र पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो उपलब्धि हासिल गरिसकेका छन् । कीर्तिमानी लष्य पछ्याउने क्रममा नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए ।

त्यसपछि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरे । ५३ रन हुँदा ज्ञानेन्द्र पनि आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहित पौ८लले मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे ।

ओडीआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र र देव खनालले गत वर्ष टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए ।

त्यसपछि नेपालले लगातार थप दुई विकेट गुमायो । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबिया विरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा एक हजार रन पूरा गरेका थिए । त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरि ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२-५ थियो ।

रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो । तर चार वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दिप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण झारेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । त्यसअघि करणले ५ विकेट लिएका थिए । तर नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा भुर्तेल आउट भए । लगत्तै आएका सन्दीप लामिछानले डक आउट भए ।

त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे । करण केसीले १२ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३-३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो ।

कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए । बलिङतर्फ नेपालका लागि भ्यालेन्टाइन ब्वाए करण केसीले ५ विकेट लिए ।

११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५-२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स उनै भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे । त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक१३ रन बनाएर आउट भए । भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडीआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् ।

यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए । तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचबउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउदा ४ चौका र १ छक्का प्रहार गरे ।

जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोन ८ रनमा आउट भए । पिक्की या फ्रान्स २ रनमा आउट भए । नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै बलात्कारको आरोप लागेका पूर्व कप्तान सन्दीप लामिछानेले यस खेलमार्फत पुनरागमन ३ विकेट लिए । १० ओभर कोटा बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । यस्तै ४९औं ओभर बलिङ गरेका उनले उक्त ओभरको पहिलो र अन्तिम बलमा विकेट लिए । सोमपाल कामीले र कुशल मल्लले १-१ विकेट लिए । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *