खेलकुद

भद्रपुर झापा गोल्डकपकाे फाइनलमा त्रिभुवन आर्मी क्बल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ –  विभागीय टोली त्रिभुवन आर्मी क्बल झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्बलले अन्तिम दुईमा स्थान बनाएको हो । योसंगै आर्मीले नगद ७ लाख सुरक्षित गरेको छ । यता पराजित भएको संकटा प्रतियोगिताबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको समयमा गोल रहित बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई आर्मीले १–० ले पराजित गरेको थियो । आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई उनले जाली चुमाए ।

जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए । दुवै टोलीले गोल गर्ने अवसरहरु गुमाएका थिए ।

खेलको ८८ औँ मिनेटमा आर्मीका रिपु भुलानको पासमा प्रज्ज्वल गुरुङले हेडमार्फत गोल गरे । गोल भएपछि खेलाडीहरु खुसी मनाउन थाले ।

तर, अफसाइडका कारण गोल दिइएन । त्यही बेला संकटाका मनिष डाँगीले बललाई अगाडि बढाउँदै गरेको प्रहार पोस्ट नजिकबाटै बाहिरियो । डाँगीलाई डिबक्सबाहिर आर्मीका जितेन्द्र कार्कीले लडाए ।

शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *