समाचार

ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै बढ्यो ट्राफिक जाम

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।

ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना अनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो। ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ।

चक्रपथ बिस्तार आयोजना अन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। जस अन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ।

सुरुमा ब्यारेकेडहरू राखेर काम सुरु गरिनेछ। काठमाडौँको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *