राजनीतिसमाचार

कार्ड देखाएर अखिल हुँ भन्न नपरोस्, व्यवहारले चिनाउनुस् : ओली

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध विद्यार्थीलाई शालीन र विनम्र हुन आग्रह गरेका छन् ।

मंगलबार अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले परिचय पत्र देखाएर अनेरास्ववियुको विद्यार्थी भन्नुपर्ने अवस्था आउन नदिन आग्रह गरे ।

‘परिचयपत्र देखाएर अनेरास्ववियुको विद्यार्थी भन्नु नपरोस्, विचारबाट, कामबाट, विनम्रता र शालीताबाट अनेरास्ववियुको विद्यार्थी भन्ने चिन्न पाइयोस्’ उनले भने ।

ओलीले अगाडि भने, ‘अनेरास्ववियुको विद्यार्थी भनेर तपाईं बसमा हिँड्दा तपाईंको ब्यवहार देखेर कति खराब रहेछ को मान्छे हो यो भन्दा म अनेरास्ववियुको हो भनेर कार्ड देखाउने होइन । तपाईको शालीनताले, तपाईको व्यवहारले, बिनम्रताले, मुस्कानले र आदरयुक्त ब्यवहारले बाबु अनेरास्ववियुको विद्यार्थी हो, बहिनी अनेरास्ववियुको विद्यार्थी हो भनेर सोधुन् न !’

ओलीले पढाइमा चलाख हुन पनि विद्यार्थीहरुलाई आग्रह गरे । ‘अनेरास्ववियकाु भाइबहिनी ट्यालेन्ट हुनपर्छ । परीक्षामा फस्र्ट, सेकेन्ड, थर्ड फोर्थ हुने विद्यार्थी को हो भन्दा अनेरास्ववियुको भन्ने हुनुपर्छ’ उनले भने ।

आन्दोलनले गर्दा पढ्नै पाइएन भन्न नमिल्ने भन्दै उनले आफ्नै उदाहरण दिए । ‘म जिन्दगीभर आन्दोलनमा छु । पढ्न मिलेको छ, अहिले पनि पढिरहेको छु । आन्दोलनमा लाग्दा पनि पढ्न मिल्छ,। विद्यार्थीको काम पढ्ने हो ।’

उनले विद्यार्थीहरुलाई अरुको बोझ नबन्न पनि सुझाव दिए । जीवन जिउने दुई तरिका छन् भन्दै ओलीले भने, ‘एउटा, आफू अनुकुल पस्थितिमा पुग्ने अरुलाई पनि अुनुकल स्थितिमा पुग्न मद्दत गर्ने । आफू अनुकुल स्थितिको सिर्जना नगर्ने र अरुका निमित्त समेत बोझको विषय बन्ने । यसमा दोस्रो बाटो हामीले रोज्नु हुँदैन ।’

एमालेका कार्यकर्ताले राजनीति गर्ने नाममा काम गर्न छाड्न नहुने ओलीले बताए । ‘देशभरिका जनता यदि एमाले हौं भन्ने नाममा काम गर्नै छोडे भने उत्पादनको काम गर्न छोडे भने’ ओलीले भने, ‘म त राजनीति गर्छु नि भन्ने काम किन गर्छु भन्ने हो भने तिनको जिम्मा कसले लेला ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *