खेलकुद

कोपा डेल रे : रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १९ फागुन २०७९, शुक्रवार

काठमाडौँ – कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १–० ले पराजित गरेको छ ।

रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलका खेलाडीले आत्मघाती गोल गर्दा पहिलो लेगमा बार्सिलोनाले जित हात पारेको हो ।

रियलका डिफेण्डर एडर मिलिटाओले खेलको २६औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र ला लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले केही राहत मिलेको छ ।

रियल र बार्सिलोनाबीचको दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *