खेलकुद

ए डिभिजन लिग खेल्दाखेल्दै अस्ट्रेलिया उडे सुनिल बल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:२३ फागुन २०७९, मंगलवार

काठमाडौँ – राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुनिल बल अस्ट्रेलिया प्रस्थान गरेका छन् । योसँगै राष्ट्रिय टिमबाट खेल्दाखेल्दै देश छोडेर विदेसिएका खेलाडीको संख्या ३५ नाघेको छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकार भने टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न सकेका छैनन् ।

गत फागुन १७ गते एन्फा कार्यसमिति बैठकमा पदाधिकारीबीच झण्डै हानाहानकै अवस्था सिर्जना भयो । विवाद चर्किएपछि तीन उपाध्यक्षसहित ११ जना सदस्यले तत्काल बैठक बहिष्कार गरेर निस्केका थिए । यो लडाइँ खेलाडीको भलो र फुटबलको विकासमा थिएन । यदि थियो भने सुनिल बलजस्ता खेलाडी स्वदेशमै रोकिने थिए ।

एन्फाले खेलाडी र फुटबलको विकासमा उल्लेख्य काम गर्न सकिरहेको छैन । ए डिभिजन लिग, फ्रेन्चाइज लिग र मोफसलका प्रतियोगिताहरू राम्रो तरिकाले सञ्चालन नहुँदा खेलाडीहरू एकपछि अर्को गर्दै विदेसिने क्रम जारी छ ।

सुनिल संकटा क्लबका कप्तान हुन् । उनले शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको नेतृत्व गर्दै त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेले । बलियो आर्मीलाई रोक्दै संकटाले अंक खोस्दा सुनिलको प्रदर्शन उच्चस्तरीय थियो ।
सन् २०१८ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका सुनिल राम्रा मिडफिल्डर हुन् ।

sunil bal1678170034.jpg

यी हुन् विदेसिएका खेलाडी

राष्ट्रिय टिमबाट खेल्दा खेल्दै विदेसिएका खेलाडीहरूमा सुनिलसँगै तेज तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा, अभिषेक रिजाल, सुमन अर्याल, विमल राना, हेमन्त थापा मगर छन् । त्यस्तै, सन्जोक राई, विवेक बस्नेत, जगजित श्रेष्ठ, एलन न्यौपाने, बिमल बस्नेत, हेमन गुरुङ, अमिर श्रेष्ठ, शिव गुरुङ, नविन गुरुङ, निरज बस्नेत, मिक्चेन तामाङ, रोहित कार्की, राजन गुरुङ, सुर्य अधिकारी, राजेन्द्र रावल, दिलेन लोक्ताम, प्रविन सैंजु, रोशन खड्का र गानदिप खड्का छन् ।

दुःखपछि सुख, रातपछि दिन आउँछ भन्नु खेलाडीको लागि काल्पनिक विम्बबाहेक केही भएन । सुखका दिनका लागि सयौँ दुःखका रातहरू कटे तर उज्यालो देखिएन । प्रश्न बाँकी थियो त दुःखको पर्वाह नगरी राष्ट्रिय खेलाडीको गर्व गरिरहने कि सुखद भविष्य रोज्ने ? विदेसिएका यी खेलाडीहरूले मुस्किलले दोस्रो विकल्प रोजे र देश छाडेर गए, सदाका लागि फुटबल त्यागेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *