खेलकुद

रियल कोपा डेलरेको फाइनलमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

काठमाडौँ_बार्सिलोनालाई फराकिलो अन्तरमा हराउँदै रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।

करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले बुधबार राति चिरप्रतिद्वन्द्वी र लिग लिडर बार्सिलोनालाई ४–० ले हराउँदै कोपा डेल रेको उपाधि नजिक पुगेको हो।

पहिलो लेगमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै म्याड्रिडले बार्सामाथि सानदार जित निकालेको हो।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै सुरूआती अग्रता लिएको थियो।दोस्रो हाफमा आक्रमक खेल खेलेको रियलका लागि ५० औं मिनेटमा बेन्जेमाले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको ७ मिनेटपछि बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३-० मा पुग्यो।

खेलको ८० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरे।नोउ क्याम्पमा घरेलु टोलीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो हाफमा लय समात्न नसक्दा फराकिलो हार व्यहोर्‍यो।

रियल भालाडोलिड विरूद्ध गत आइतबार ह्याट्रिक गरेका बेन्जेमाको यो लगातार दोस्रो खेलमा ह्याट्रिकसमेत हो।

अब रियलले उपाधिका लागि आगामी मे ६ मा ओसासुनासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *