खेलकुद

आईसीसी लिग टु: नेपाल र पिएनजी भिड्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १९ फागुन २०७९, शुक्रवार

काठमाडौँ – यूएईमा जारी विश्वकप लिग टू अन्तर्गतको युएई-पिएनजी र नेपालीबीचको त्रिकोणात्मक सिरिजमा आज नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनी (पीएनजी) विरूद्ध खेल्दैछ।

खेल नेपाली समय अनुसार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा बिहान पौने १२ बजेबाट सुरू हुँदैछ।

यहीँ सिरिजको क्रममा सोमबार नेपालले पीएनजीलाई हराएको थियो भने हिजो भएको युएईसँगको खेलमा नेपाल पराजित भएको थियो।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण युएईमा सारिएको हो।

२०१९ देखि जारी रहेको विश्वकप लिग टुको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ ।

पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोडेर तालिकाको पुछारमा छ।

शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले अब हुने ६ खेल मध्ये कम्तिमा ४ खेल जित्नुपर्ने हुन्छ। सोमबार युएईसँग खेल्नै विदेश यात्रा सक्नेछ।

त्यसपछि घरेलु मैदानमा यीनै दुई टोलीसँग अन्तिम सिरिज खेल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *