खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ। लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *