खेलकुद

सिंगापुरको सामना गर्दै नेपाल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – आइसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गत आज शुक्रबार नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्दैछ।

युएईको इर्डेन गार्डेन्स मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान १०:४५ मा सुरु हुनेछ।

नेपाली टोली देव खनालको कप्तानीमा बुधबार युएई प्रस्थान गरेको थियो। टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन्। प्रतियोगितामा आयोजक यूएईसहित नेपाल,सिंगापुर,कुबेत,हङकङ र मलेसियाको सहभागिता रहेको छ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *