खेलकुद

ए डिभिजन लिगः मनाङसँग हार्‍यो संकटा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:२४ फागुन २०७९, बुधवार

काठमाडौँ –  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले संकटाविरुद्ध १–० को साँघुरो जित निकाल्यो। मनाङको जितमा सायिदजमोल डाभ्लाटओनोभले ५८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

लिगमा मनाङको यो पहिलो जित हो। यसअघि मनाङ पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिएको थियो। यसअघि मनाङले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

जितसँगै मनाङले लिगमा दुई खेलबाट चार अंक जोडेको छ। यस्तै, संकटा भने लिगमा दुई खेल खेल्दासम्म जितविहिन छ। संकटा यसअघि पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो।

आजै भएको अन्य खेलमा सातदोबाटो युथ क्लबले सशस्त्र प्रहरी बलको एपीएफ र हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई समान १–० ले पराजित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *