राजनीतिहेडलाइन

चिनियाँ राजदूतले भेटे माधव नेपाललाई

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १० फाल्गुन २०७९ , बुधबार

काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बुधबार दिउँसो कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा उनीहरूबीच भेट भएको नेपालको सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष नेपालले राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन्।

राजदूतले राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए।

उनीहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।

यसअघि राजदूत सङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। गत शुक्रबार साँझ राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *