अर्थ

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौंः अर्थमन्त्री पौडेल

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १० फाल्गुन २०७९ , बुधबार

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भिर रुपमा सरोकारवालाहरुसँग छलफल भइरहेको बताए। उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको बताए।

अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरेको बताए। उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *