राष्ट्रिय समाचारसमाचारहेडलाइन

समालोचक माली रहेनन्   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, २३ वैशाख (रासस)

कवि तथा समालोचक इन्द्र मालीको आज बिहान शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भयो । लामो समयदेखि मुटु रोगबाट पीडित उहाँ ७९ वर्षको हुुनुहु्न्थ्यो ।
नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य उहाँ सोही संस्थाका सदस्य सचिव पनि हुनुभएको थियो । उहाँ नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता हुनुुहुन्थ्यो ।
नेपाली भाषामा पनि कलम चलाउनुहुने उहाँका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकू विधा भित्र्याउने श्रेय पनि उहाँलाई दिइन्छ ।
उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँको आजै अन्त्येष्टि गरिँदैछ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *