मुख्य समाचारहेडलाइन

कर्णालीमा आगामी सबै निर्वाचनमा पार्टीलाई बहुमतसहित पहिलो बनाउने प्रतिबद्धता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कर्णालीमा आगामी सबै निर्वाचनमा पार्टीलाई बहुमतसहित पहिलो बनाउने प्रतिबद्धता 

सुर्खेत नेकपा (एमाले)का कर्णाली प्रदेशमा कार्यरत केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीलाई आगामी सबैनिर्वाचनमा बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने सामुहिक प्रतिबद्धता जाहेर गर्नुभएको
महासचिव शंकर पोखरेलको उपस्थितिमा सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टसहितका नेताहरूकोदुुई दिने (भदौ ) बैठकपछि जारी सात बुँदे प्रतिबद्धतामा पार्टी काम, कर्णालीका जनताका समस्यासमाधानलगायत विषयमा क्रियाशील रहने प्रण गरिएको हो

जारी प्रतिबद्धता यस प्रकार छः

.     कर्णाली प्रदेशमा जनमतका हिसाबले नेकपा (एमाले) जनताको रोजाइको पहिलो पार्टीका रुपमा स्थापित अप्राकृतिक गठबन्धन, सत्ताको दुरुपयोग, निर्वाचनमा अवाञ्छित हथकण्डाको प्रयोग जस्ता कुराले गत निर्वाचनमाप्रत्यक्षतर्फ सोचे अनुरुप परिणाम आउन सकेन यस परिस्थितिलाई हृदयङ्गम गर्दै प्रतिकूलताहरूलाई अनुकूलतामापरिणत गर्ने अठोटका साथ आगामी सबै निर्वाचनमा नेकपा (एमाले) लाई बहुमतप्राप्त पहिलो शक्तिका रूपमा स्थापितगर्ने प्रण गर्दछौँ
.     नेकपा (एमाले) आफ्नो आन्तरिक जीवनलाई पारदर्शी, लोकतान्त्रिक व्यवस्थित रूपमा सञ्चालन गर्ने अब्बलपार्टीका रूपमा स्थापित हाम्रो पार्टीको यस गौरवमय परम्परा अभ्यासका आधारमा पार्टीका हामी सबै नेता, कार्यकर्ताका साथै कमिटीहरू परिचालन भइरहेका छौँ यसक्रममा पार्टी जीवनमा विभिन्न घटनाक्रमका सन्दर्भमास्वाभाविक रूपमा देखापर्ने कतिपय अन्तरविरोधहरूलाई जनवादी अभ्यास कमरेड्ली भावनाका साथ समाधान गर्दैआपसी सद्भाव, हार्दिकता एकताका आधारमा अघि बढ्न हामी सबै प्रतिबद्ध छौँ
.     दक्षिणपन्थी अवसरवाद संगठनात्मक अराजकतालाई आजको कम्युनिस्ट आन्दोलनको प्रमुख समस्याकारूपमा हाम्रो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले पहिचान गरेको हाम्रो पार्टीलाई सही बाटोमा हिँडाउनका लागि यीदुई प्रवृत्तिका विरुद्ध निर्ममतापूर्वक नलडी विजय हासिल नगरी सम्भव छैन कर्णालीको भौगोलिक विकटता, सामाजिक संरचना, आर्थिक अवस्था जस्ता कुराले माथिका प्रवृत्तिहरूलाई थप मलजल गर्ने अवस्था विद्यमान हाम्रा सबै नेता, कार्यकर्ता, कमिटी जनसंगठनहरुलाई यसप्रति विशेषरूपमा सचेत बनाउँदै नेकपा (एमाले) लाईवैचारिक, राजनीतिक, शैलीगत, विकास निर्माण जस्ता सबै विषयमा विशिष्ट उदाहरणीय बनाउनका लागि हामीअठोट गर्दछौँ
.     कर्णालीका जनताले बलिदान गरेर सङ्घर्षका माध्यमबाट कर्णाली प्रदेश स्थापना गरेको सात बर्ष बितेको प्रदेश स्थापना हुँदै गर्दा कर्णालीका जनताले आफ्नो गाउँठाउँको सरकारले हाम्रा दुःख केही हदसम्म भए पनि निवारणगर्ला भनेर गरेको आशा यसबीचमा पूर्णतः निराशामा परिणत भएको सुरुदेखि गलत शक्तिको हातमा नेतृत्व पुग्दाकर्णाली प्रदेश सबै सूचाकाङ्कहरूमा पछाडिबाट एक नम्बरमा रहनुपर्ने दुखद् यथार्थ प्रदेश सरकारकास्वेच्छाचारी, कार्यकर्ता पोस्ने, बजेट दुरुपयोग गर्ने, बिनियोजित बजेट ठोस योजनामा खर्च गर्न नसक्ने, राजनीतिकपूर्वाग्रहका आधारमा योजना छान्ने, ती योजनाहरूलाई कागजी प्रक्रिया मिलाएर दुरुपयोग गर्ने जस्ता गलत प्रवृत्तिकाविरुद्धमा प्रदेशसभाभित्र विशेष रूपमा प्रतिवाद गर्न आवश्यक कर्णालीका जनताको विकासको चाहनालाईकुठाराघात गर्ने यस्ता प्रवृत्तिका विरुद्धमा प्रदेशसभाभित्र तथा बाहिर जोडदार रूपमा आवाज उठाउन हामी आह्वानगर्दछौँ
.     कर्णालीमा नेकपा (एमाले) प्रतिको कार्यकर्ता जनताको विश्वासलाई माथि उठाउन आवश्यक प्रतिस्पर्धीदलहरूको नेतृत्वको अवस्थालाई समेत चुनौती दिनसक्ने अवस्था निर्माण गर्नसक्दा हामीप्रति कार्यकर्ताको विश्वास जनताको भरोषा बढ्दछ कर्णालीको शक्ति सन्तुलनको अवस्थालाई बदल्नका लागि हाम्रो पार्टीको योजनाबद्धहस्तक्षेप कार्यान्वयन आवश्यक पार्टी नेतृत्वमा कर्णालीको प्रभावकारी उपस्थिति त्यस नेतृत्वका आधारमाकर्णालीका जनतालाई विश्वासिलो नेतृत्वको आधार निर्माण गरेर हामीले यस अवस्थालाई बदल्नुपर्छ त्यसका लागिहामी सबै एकमत हुँदै आफ्नो ठाउँबाट आफ्नो योग्यता, क्षमता जिम्मेवारी अनुरुप योगदान गर्न हामी प्रतिबद्ध छौँ
.    कर्णालीका जनता विभिन्न समस्याले आक्रान्त छन् खाद्य सङ्कट , बाढीपहिरोका कारण बाटोघाटो प्रभावितबनेको , हवाई सेवा विश्वासिलो छैन, महङ्गो लम्पी स्किनका कारण पशुहरूको क्षति भए पनि क्षतिपूर्तिकोव्यवस्था छैन विजुलीबत्तीको कुनै ठेगान छैन, ट्रान्समिसन लाइन राम्रो छैन, सुर्खेत विमानस्थल विस्तार हुन सकेकोछैन रोजगारीका सम्भावना थप क्षीण भएका छन् यस्ता विषयहरूप्रति गम्भीर चिन्ता प्रकट गर्दै जनताको दैनन्दिनकोजीवनयापनलाई सहजता दिन हामी जोडदार आग्रह गर्दछौँ
.    कर्णालीमा हालसम्म कुनै मेघा परियोजना सञ्चालित छैनन् माथिल्लो कर्णाली १५ बर्षदेखि भारतीयकम्पनीलाई ओगटेर राख्न दिइएको अझ हालै प्रधानमन्त्रीको भारत भ्रमणका बेला फुकोट कर्णाली बिनाप्रतिस्पर्धाभारतीय कम्पनीलाई सुम्पिने काम भएको कर्णाली भेरी करिडरको बाटोलाई प्राथमिकता दिइएको छैन, दैलेखमापेट्रोलियम पदार्थको उत्खनन्सम्बन्धी सुरु भएको योजना अलपत्र परेको नलगाड जलविद्युत् परियोजनाकोकामलाई लामो समयदेखि अल्झाएर राखिएको यस्ता कामबाट कर्णालीमा आगामी कैयौँ बर्षसम्म विकासका ठूलाकाम हुनै नदिने होल्ड गरेर राख्ने षड्यन्त्रका रूपमा हामीले लिएका छौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *