Uncategorized

मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : बिहीबार, मंसिर २९, २०७९

क्वालालाम्पुर | मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ। र,ती अभियुक्त नेपालीलाई अदालतसमक्ष मलेसियन प्रहरीले पेश गरेको छ।

समाचारअनुसार, हत्या गरिएका दुई सुरक्षा गार्डहरुमा ३५ बर्षीय मनोजकुमार चौधरी र ४६ बर्षीय कृष्णकुमार दमाई परियार छन्। उनीहरुलाई ओकल्याण्ड कमर्सियल सेन्टरको हाताभित्र स्थानीय प्रहरीले मृत अवस्थामै फेला पारेको थिए।

प्रहरीले यी दुबैको हत्याको आरोपमा ३७ बर्षीय ठाकुरप्रसाद भण्डारीलाई पक्राउ गरेको छ। उनलाई घटना भएकै दिन घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीले सार्वजानिक गरेको विवरणअनुसार हत्यामा प्रयोग भएको हथौडा पनि घटनास्थलमै बरामद गरिएको थियो।

अभियुक्त भण्डारीलाई बुधबार अपरान्ह सेरेम्बन मेजिस्टट कोर्टमा पेश गरिएको थियो र मेजिष्टेट मोहमद इब्राहिम हेहम्मद घुलामको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ।

अभियुक्त भण्डारीले के कारणले आफ्नै देशका दुई व्यक्तिको हत्या गरेका हुन् भन्ने कुरा खुलिसकेको छैन। तर, अदालतसमक्ष उनीमाथि हत्याको आरोप लगाउँदा उनले कुनै प्रतिवाद नगरेको र स्वीकार गरेको स्थानीय संचारमाध्यम द स्टारले लेखेको छ।

घटना डिसेम्बर ३ तारिकको दिन विहान ९ बजेर ८ मिनेटदेखि ४ बजेर ४८ मिनेटको बीचमा भएको सो अखवारको समाचारमा जनाइएको छ। मृतकहरु दुबैजनाको नेपालको स्थायी ठेगानामा पनि स्पष्ट भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *