राष्ट्रिय समाचारसूचना-प्रविधि

काभ्रे दुर्घटनाका घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाँणको निर्देशन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् भने प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका छन् ।

घाइतेको उद्धार र उपचारमा कुनै कसुर बाँकी नराख्न र स्रोत साधनको कमी भएमा मन्त्रालयमा लेखि पठाउन मन्त्री खाँणले निर्देशन दिएको प्रजिअ पाण्डेले बताइन् ।

प्रजिअ पाण्डेका अनुसार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मृतकको संख्याबारे औपचारिक पुष्टि हुन भने बाँकी रहेको उनले बताइन् । घटनास्थलमा प्रहरी पुगिसकेको उनले बताइन् ।

घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *