Uncategorized

झापामा दुई जनाको शव फेला

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

दमक– झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महिलाको शव भुँइमा र पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।

आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै केही भन्नसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *