जीवनीराजनीतिविचार

पशुपतिको निघन: एउटा चम्किलो तारा अस्तायो

Advertisements
MAHABAI RURAL MUNICIPALITY
प्रेमबहादुर सिंह
पशुपति चौलागाइको मनमोहन मेमोरियल अस्पतासमा उपचारका क्रममा २०७८ साल बैशाख २८ गते मंगलबार सॅाझ मृत्यु भयो।
बिध्यार्थीकालदेखि नै राजनीतिमा होमिनु भएका पशुपति चौलागाइ नेकपा(एमाले)को युबासंघको पूर्ब अध्यक्ष,पोलिटब्यूरो सस्य, बागमति अंचल इन्चार्जको जिम्नेवारीमा रहि एउटा कुशल नेताको रूपमा स्थापित हुनु भएको थियो।
पशुपति चौलागाइ २०५६ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा दोलखा जिल्लाको क्षेत्र नं १ बाट निर्बाचित हुनु भएको थियो भने २०७० सालमा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा समानुपातिकतर्फबाट संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।
बागमती प्रदेशको संभाबित मुख्यमन्त्रीको रूपमा चर्तित पशुपति चौलागाइ दोलखा जिल्लाबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।
पशुपति चौलागाइ मृदुभाषी, शालिन, प्रखर वक्ता र मिलनसार ब्यक्ति हुनुहुन्थ्यो।वहॅाको निधनबाट नेपाली राजनीतिको एउटा चम्किलो तारा अस्त भएको छ।अलविदा क. पशुपति चौलागाइ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *