आलेख/अग्रलेखराजनीतिविचार

सरकार गठन गर्न कति मत चाहिन्छ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

राजकुमार सिंह
सरकार गठन गर्न कति मत चाहिन्छ?राष्ट्रपति विध्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ उपधारा(२) बमोजिम मिति २०७४।११।३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८।१।२७ मा प्रतिनिधि सभामा बिश्वासको मतको लागी राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८।१।२७ को पत्र प्राप्त हुन हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई मिति २०७८।१।३० गते विहीबारका दिन सॅाझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागी सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी पेश गर्न आह्वान गर्नु भएको छ।
सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालका संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागी दाबी पेश गर्न आह्वान गरेको सन्दर्भमा दाबी पेश गर्ने विधि, प्रक्रिया र संख्या कति हुने भन्ने जिज्ञासा उठ्नु नितान्त स्वभाबिक हो।प्रथमत दाबी पेश गर्दा दुई वा दुईभन्दा बढी दलहरूले समर्थन गरेको बिबादरहित आधिकारिक निर्णय पेश गर्नु पर्ने हुन्छ भने संख्याको हकमा संविधानमा फरक-फरक व्यवस्था गरेको पाईन्छ। उदाहरणका लागी संविधानको धारा १०० अन्तरगतको बिश्वास तथा अबिश्वासको प्रस्ताव र धारा १०१ को महाभियोग प्रस्ताबको हकमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित गर्ने व्यवस्था रहेको छ भने संविधानको धारा ७६ मा बहुमतका लागी आबश्यक सदस्य संख्या उल्लेख छैन।यस्तो अबस्थामा संविधानको धारा ८४ ले प्रतिनिधि सभा सदस्य दुई सय पचहत्तर हुने निर्धारण गरेको संख्यालाई नै आधार मानी बहुमतका लागी १३८ सदस्य संख्या आबश्यक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *