राष्ट्रिय समाचार

राष्ट्रपति निर्वाचनको तयारी (फोटोफिचर)

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:२४ फागुन २०७९, बुधवार

काठमाडौँ – मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने  मतदानको सम्पूर्ण तयारी पूरा भएको छ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ। मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उनले बताए।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ।

निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *