राष्ट्रिय समाचार

जातीय विभेद गर्नेलाई आजीवन कारावास हुनुपर्छ : वामदेव गौतम

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३० साउन २०८०, मंगलबार

काठमाडौँ- राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गरेका छन् ।

मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रूपमा लिएपनि त्यस अनुसारको कानून नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्कसमेत गरे ।

आफूले सुरूदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्न आवान उठाएको गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *