अन्तर्राष्ट्रिय समाचार

पाकिस्तान : उत्तरपश्चिमी बम विस्फोट हुँदा कम्तीमा ४० जनाको मृत्यु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं-अफगानिस्तानसँग सीमा जोडिएको देशको उत्तरपश्चिमी बाजुर जिल्लामा आइतबार एक राजनीतिक र मुस्लिम नेताका समर्थकहरूले गरेको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

खारको मुख्य अस्पतालको आकस्मिक कक्षका प्रमुख आजम खानले अस्पतालमा ३५ शव ल्याइएको र घाइतेको संख्या १०० भन्दा बढी रहेको बताए ।

सरकारी प्रशासक मोहिबुल्लाह खान युसुफजाईले सङ्ख्याको पुष्टि गर्दै ती गम्भीर घाइतेहरूलाई राम्रो उपचारका लागि प्रान्तीय राजधानी पेशावरमा पठाइएको जानकारी दिए।

आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।

बाजुर जिल्लाको राजधानी खारको बाहिरी भागमा मौलाना फजलुर रहमानको जमियत उलेमा-ए-इस्लाम पार्टीको कार्यकर्ता सम्मेलन चलिरहेको बेला विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी नाजिर खानले बताए।

खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्डापुरले पार्टीका वरिष्ठ नेताको आगमनअघि नै विस्फोट भएको बताए।आगामी असोजमा हुन लागेको निर्वाचनका लागि समर्थक जुटाउन देशभर भेला भइरहेका छन् ।

इस्लामाबादबाट रिपोर्टिङ गर्दै अल जजीराका कमल हैदरले भने कि आक्रमण आत्मघाती बम आक्रमण भएको पुष्टि भए पनि सशस्त्र समूह तेहरिक-ए तालिबान पाकिस्तान (टीटीपी), जसलाई पाकिस्तानी तालिबान पनि भनिन्छ, त्यसको लागि जिम्मेवार हुनसक्ने डर थियो।

“तेहरिक-ए तालिबानले सुरक्षा बल र सरकार विरुद्ध घोषणा गरेको छ र मौलाना फजलुर रहमान सरकारको सहयोगी हो,” हैदरले भने।

जमियत उलेमा-ए-इस्लाम पाकिस्तान लोकतान्त्रिक गठबन्धनको हिस्सा हो, सरकारसँग सम्बद्ध राजनीतिक गठबन्धन जसमा रहमानले प्रमुख भूमिका खेल्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *