अन्तर्राष्ट्रिय समाचार

प्रजातन्त्रवादी नेत्री सुचीलाई कारागारबाट सरकारी भवनमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

काठमाडौँ_भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई  कारागारबाट सरकारी भवनमा सारिएको छ ।

आपराधिक कानुन बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् । सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।

लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुचीमाथि सैनिक सरकारले मतदानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *