अन्तर्राष्ट्रिय समाचारसमाचार

अमेरिकाले इरानमा मानवअधिकार उल्लङ्घन गर्नेहरूमाथि प्रतिबन्ध लगाउने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यस बारे सार्वजनिक धारणा राखेका छन् । इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिवानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ ।’

हामीले आफैंले मात्र त्यसो गरेका छैनौं । हामीले विश्वका अन्य देशहरूसँग समन्वय गरेर निर्णय गरेका छौं, । त्यहाँ के भइरहेको छ भन्ने बारे अध्ययन गरेर अनतरराष्ट्रिय धारणा निर्माण गरेका छौँ ।

मानवअधिकार उल्लङ्घनको आरोपमा सोमबार २० व्यक्ति र एक संस्थालाई प्रतिबन्ध लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *