राष्ट्रिय समाचारहेडलाइन

नक्कली शरणार्थी बनाउने खेलमा शक्तिशाली जेलमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

नक्कली शरणार्थी बनाउने खेलमा शक्तिशाली जेलमा

असार , २०८०, काठमाडौं।

आदेशपछि टेकनारायण पाण्डे शमशेर मियाँले आँसु खसाले, रायमाझी खाण स्तब्ध देखिए, रिजालले केहीबेर गमखाए अनि भने, ‘मेरो को यो देशमा ?’

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाईपुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको दुई जना धरौटीमा छुटेका छन्

दुई सातादेखिको बहस टुंगिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार २८ पृष्ठ लामो आदेश जारी गर्दैपूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीरामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ हरिभक्त महर्जनलाई थुनामा राख्न आदेश दिएका हुन्

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ () () संगठित अपराध नियन्त्रण ऐन २०७० को दफा ४१बमोजिम उनीहरू सबै (१६ जना) लाई तत्काल प्राप्त आधारमा दोषी देखिएको पछिप्रमाण बुझ्दै जाँदा ठहरेबमोजिमहुने गरीहालका लागि कारागार चलान गर्नू भन्ने आदेशमा उल्लेख

न्यायाधीश न्यौपानेले प्रतिवादीहरू टंक गुरुङ लक्ष्मी महर्जनलाई भने कसुरमा संलग्न देखिए पनि गाम्भीर्यकाआधारमा थुनामा राख्न अनुचित हुने भन्दै धरौटीमा रिहा गर्न आदेश गरे बहस सकिएपछि उनले प्रतिवादीहरूलाईइजलासमा घण्टा कुराएर साँझ बजे गरेको आदेशअनुसार गुरुङ १० लाख महर्जन लाख बुझाएर शुक्रबारैहिरासतमुक्त भएका हुन् बाँकी अभियुक्तहरूलाई ८४ दिनसम्मको हिरासत बसाइपछि केन्द्रीय कारागार सुन्धारालगिएको

रायमाझी, खाण, उनका स्वकीय सचिव केसी, गिरोहका सदस्य चौधरी रामशरण केसी, नेपाल हज समितिकाअध्यक्ष मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपलाई भद्र बन्दीगृह बाँकीलाई केन्द्रीय कारागारतर्फको भवनमा राखिएको जेलर ललितकुमार बस्नेतले जानकारी दिए एउटै अभियोगमारायमाझी बाबुछोरा एउटै कारागार चलान भएका छन् न्यायाधीशले आदेश लेख्न लगाएको पूरै पाँच घण्टामा इजलासप्रतिवादीहरू प्रतिरक्षा बहस गर्ने कानुन व्यवसायी तथा बाक्लो संख्यामा उपस्थित भएका प्रतिवादीका आफन्तहरूविभिन्न अड्कलबाजीका साथ अधीर भएर बसिरहेका थिए

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपाने, जिल्ला न्यायाधिवक्ताहरू लक्ष्मणउपाध्याय, महेश खत्री, सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनी दिनेश भट्टराईले खाजाअघि नै बहससकेपछि न्यायाधीश न्यौपाने केहीबेरमै आदेश सुनाउन फर्किने वाचाका साथ इजलासबाट उठेका थिए

एक डेढ घण्टामै थुनछेकको आदेश आउने अनुमानका साथ इजलासमा प्रतिवादी तथा तिनका कानुन व्यवसायी शुभेच्छुकहरू विभिन्न अड्कलबाजी गरेर पूर्ववत् इजलासमै कुरिबसे तर, निकै समय घर्किसक्दा पनि आदेशनआएपछि बिस्तारै उनीहरूमा छटपटी बढ्न थालेको थियोसाह्रै पट्यार लागिसक्यो,’ पूर्वउपप्रधानमन्त्री टोपबहादुररायमाझीले साँझ साढे पाँच बजेतिर हैरानी व्यक्त गरे, ‘आदेश आउने अझै सुरसार देखिन्न !’ उनकै बगलमाबसिरहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको अनुहारमा केही होला कि भन्ने आशा देख्न सकिन्थ्यो उनी अघिल्लादिनहरूमा झैं गम्भीर मुद्राका साथ इजलासमा मौन बसिरहे

कोको जेल चलान ? टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ हरिभक्त महर्जन

धरौटीमा छाडिदेलान् कि भन्ने आशा रायमाझी, खाणदेखि मियाँ रामशरण केसीसम्ममा थियो त्यही आशाकोछेउकुनातिर उभिएर उनीहरू आपसमा खासखुस गरिरहेका थिए तर, जब न्यायाधीश न्यौपाने ठीक बजेर मिनेटमाआदेशको प्रतिसहित आफ्नो कुर्सीमा बसे, अचानक इजलासमा सन्नाटा छायो हँसिलो मुद्रामा इजलासभित्र छिरेकान्यौपानेले केहीबेर अभियुक्ततिर हेरे अनि आदेशमा एक क्षण आँखा अड्याएलक्ष्मी महर्जनलाई लाख टंकगुरुङलाई १० लाख धरौटी तिर्ने आदेश गरेको छु, बाँकी सबैलाई थुनामा राख्नू,’ उनले संक्षिप्त आदेश गरे, ‘चित्त नबुझेउच्च अदालतमा निवेदन गर्नु, बाटो खुला गरिदिएको छुन्यौपाने उठेपछि इजलासमा बाक्लो सन्नाटा छायो भनेप्रतिवादीहरू नि:शब्द देखिए मियाँ पाण्डेले मौन मुद्रामै आँसु खसाल्न थाले खाण रायमाझी रनाहमा परेजस्तादेखिए इन्द्रजित राईलाई उनका वकिलहरूले जेल हिरासतको अन्तर सम्झाउँदै बेरितको आदेश बदर गरिपाऊँ भनीउच्च अदालत जाने तरिकाबारेमा बताए रिजालले केहीबेर गम खाए अनि भने, ‘मेरो को

यो देशमा ? अनि किन पाउँथें मैले न्याय ?’          

केहीबेर रिजाल भुइँतिर घोरिएर त्यसै बसिरहे अनि फेरि बेअर्थसँग मुस्कुराए भने, ‘लौ, जहाँजहाँ यो बूढोलाईघिसारेर तिमेर्का इज्जत ढाकिन्छ त्यहाँ त्यहाँ घिसार, के भन्नु अरू !’ उनले यसो भन्दा वरपर उभिएका प्रहरीहरूरिजाललाई टीठ मानेर हेरिरहेका थिए खाणसँगैको बेञ्चमा बसेका आङटावा शेर्पाको अनुहारमा गहिरो उदासीदेखिन्थ्यो आदेश सुनेर रायमाझीको ठीक पछाडि उभिएका उनका छोरा सन्दीप त्यसै टोलाइरहेका थिए भने उनीसँगैउभिएका सन्देश शर्माको अनुहार निभेको दियोझैं भएको थियो भित्ताको लहरमा बसेका सानु भण्डारी केशव दुलालभने भावश्न्यू थिए बाहिरभन्दा भित्रै आफ्हूरूलाई सुरक्षित हुने भएकाले जेल परे पनि केही विस्मात नहुने उनीहरूकोधारणा रहेको उनका नजिकका आफन्तहरूले बताए त्यसैले पनि हुँदो हो, नेपालीलाई नक्कली भुटानी शरणार्थीबनाएर अमेरिका पठाउने प्रलोभन देखाएर रकम असुल्ने काममा संलग्न भएको अभियोग लागेका यी दुई मुख्यअभियुक्त अन्यको तुलनामा शान्त देखिन्थे

हिरासतमा छुट्ने आदेश पाएपछि लक्ष्मी महर्जनले ११ महिनाको छोरालाई मुटुमा टाँसिन् मास्क लगाएर प्रहरीकामाझमा महिना दिनदेखि बिछोडिएको दुधे बालक च्यापेर उभिएकी उनी प्रतिक्रियाविहीन थिइन् धरौटीमै छुट्ने आदेशपाएका टंक गुरुङको थकित अनुहारमा भने हाँसो फर्किएको थियो आदेश सुनेपछि उनी जुरुक्क उठेर प्रहरीको घेरातोडी इजलास बाहिर आए भित्तामा अडेस लागेर लामो सास ताने भने, ‘धरौटी मगाउनु , कसैले मोबाइल दिनुस् , कल गर्छॅ आफ्नो मान्छेलाई

नयाँसडकस्थित जनसेवा प्रहरी चौकीको हिरासतमा राखिँदै आएका गुरुङ आदेश कस्तो आउला भनेर बिहीबार रातिझिमिक्कै निदाउन सकेका रहेनछन् बिहानीपख आँखा झुम्म हुँदा लागेको केहीबेरको निद्रामा दुध खाएको सपनादेखेको उनले बताएत्यसपछि मलाई छुट्छु कि भन्ने लागेको थियो,’ उनी मुस्कुराए, ‘नभन्दै छुटें पनि, धन्यवादसबैलाई

२८ पृष्ठ लामो पुर्पक्ष आदेशको अन्तिम पृष्ठमा सोह्रै प्रतिवादीको औंठाछाप प्रत्येकलाई कारागार चलान गर्ने पुर्जीकाटेर इजलासमा पालैपालो सहीछाप गराउँदा झमक्क साँझ परेको थियो त्यसपछि प्रहरीले प्रतिवादीहरू सबैलाईकारागार चलान गर्न अघि बढायो तेस्रो तलास्थित इजलासबाट बाहिर निस्किँदै गर्दा सञ्चारकर्मी तथा कानुनव्यवसायीको भीडतिर आँखा अड्याएर खाणले भने, ‘लौ धन्यवाद यहाँहरू सबैलाई, मैले कसुर गरेको छैन एक पैसालिएखाएको पनि छैनउनको पछिपछि आइरहेका मियाँले पनि आफू सोह्रैआना बेकसुर रहेको दाबी गर्दै झूटो मुद्दामाजेल चलान भइरहँदा मन भारी भएको प्रतिक्रिया दिए

पुर्पक्षको आदेशमा अदालतले प्रत्येक प्रतिवादीलाई थुनामा पठाउनुपर्नाको आधार कारण खुलाएको खासगरी, अभियोजनपत्र त्यसमाथि भएको वादी प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस तथा इजलासमा पेस भएकाप्रमाणका आधारमा न्यायाधीश न्यौपानेले १८ मध्ये १६ लाई थुनामा पठाउनुपर्ने निर्णय लिएका हुन् संयुक्त राष्ट्रसंघकोशरणार्थीसम्बन्धी नियोगले भुटानी शरणार्थीलाई तेस्रो देशमा लैजाने कार्यक्रम बन्द भएको घोषणा गरिसक्दा पनिबालकृष्ण पन्थीको कार्यदलले २०७६ मा पेस गरेको प्रतिवेदनलाई खाणले २०७८ मंसिर १२ को मन्त्रिपरिषद्मा पेस गर्नस्वीकृति दिएको, प्रतिवेदनमा उल्लेख सय २९ जनाको नाम नै विवादित रहेको अवस्थामा पुन: छुट दर्ता गर्न भनी अर्कोकार्यदल गठन गरेको, आफू गृहमन्त्री भएकै बखत समानान्तर प्रतिवेदन तयार पारेको लगायतलाई अदालतले जेलचलान गर्नॅपर्नाको प्रमाणका रूपमा लिएको यसका अतिरिक्त पाण्डे तथा भण्डारीबीचको संवादबाट पनि खाणकोकसुरमा संलग्नता देखिन आएकोइजलासको ठहर

त्यस्तै, पन्थी प्रतिवेदनको समानान्तर प्रतिवेदन पाण्डे गृह सचिव भएकै बखत तयार भएको, उक्त नक्कली प्रतिवेदनमाउनको अस्वाभाविक चासो देखिएको, भण्डारीसँगको संवादमा रकम लेनदेनको प्रमाण भेटिएको लगायतका कारणपाण्डे जेल चलान भएका छन् रायमाझीले भण्डारीबाट करोड ६० लाख उनका छोरा सन्दीपले ४० लाख रकमलिएको, दुलाल भण्डारीका साथै उनीहरूलाई रकम बुझाउनेसँग बानेश्वरको एभरेस्ट होटलमा भेटेर चिन्ता नलिनुस्, तपाईंहरूको काम हुन्छ भनेको सरकार ढलेपछि हाम्रो सरकार फेरि बनेपछि काम हुन्छ भनेको कारण देखाएरअदालतले उनलाई जेल पठाएको

त्यसैगरी, इन्द्रजितले पटकपटक गरेर भण्डारी, केशव दुलाललगायतसँग करोडौं रुपैयाँ लिएका कारण उनी जेलचलान भएका छन् रामशरणबाट ११ लाख रुपैयाँ लिएको तथा नक्कली भुटानी शरणार्थीको परिचयपत्र नेपालीलाईबनाइदिएको देखिनाले अदालतले रिजाललाई पनि जेल चलान गराउने निर्णय गरेको चालक झप्पडबहादुर खत्रीलेदिएको बयानअनुसार २०७८ जेठमा सन्देश शर्मा, हरिभक्त महर्जन एक जना तामाङ थर भएको व्यक्तिले सरकारीलुगाका साथमा गृह मन्त्रालयको कार्ड घाँटीमा झुन्ड्याएर चितवनको भिजन होटलमा ५० जना जतिको बायोमेट्रिक गरीदुई बोरा पैसा संकलन गरेको देखिएकाले उनीहरूलाई पनि अदालतले जेल चलान गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *