राजनीति

रास्वपा ‘अडियो प्रकरण’ सांसद श्रेष्ठबारे छानबिन गर्ने बैठक बस्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २८ चैत्र २०७९ ०९:०५ मंगलबार

काठमाडौं _ राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि  बैठक बस्न लागेको हो ।

बैठक आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ।

रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसक्नुभएको छ ।

स्पष्टीकरणपत्रमा उहाँले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गर्नुभएको छ । उहाँले अडियो सम्पादन भएर आएको जिकिर गरे पनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *