ब्लड शुगरको स्तर उच्च भएको कसरी थाहा पाउने ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित :३ माघ २०७९, मंगलबार

काठमाडौँ — मधुमेह अर्थात डाइबिटिज एउटा त्यस्तो रोग हो, जसमा नियन्त्रण पाउनका लागि विरामीले आफ्नो दैनिक जीवनशैली तथा खानपानमा नियन्त्रण गर्नु आवश्यक छ ।

यदि मधुमेह भएका विरामीले खानपानमा ध्यान दिएनन भने उनीहरुको ब्लड शुगरको स्तर बढ्छ । ब्लड शुगर धेरै बढ्नु विरामीका लागि घातक प्रमाणित हुन सक्छ ।

  • धेरै प्यास लाग्नु
  • बारम्बर पिसाब लाग्नु
  • थकान महसुस हुनु
  • हेर्ने शक्ति कमजोर हुनु
  • कारण बिना नै वजन घट्नु

यसबाहेक अनियन्त्रित ब्लड सुगरले शरीरको सानो ब्लड भेसल (रक्त वाहिका) लाई पनि नोक्सान पुर्याउन सक्छ । जसले शरीरको विभिन्न अंगसम्म रगत सन्चार हुन कठिन हुन्छ । यो रोगले गम्भीर रुप लियो भने मानिसका लागि घातक हुन्छ । त्यसैले डाइबिटिजका विरामीले विशेष गरेर शरीरका यी अंगमा हुने परिवर्तनलाई नियाल्नु अति आवश्यक छ ।

सामान्यतया १४० एमजी/डीएल (७.८ एमएमओआई/एल) भन्दा कम ब्लड शुगरको स्तर सामान्य मानिन्छ । यदि यो २०० एमजी/डीएलभन्दा माथि भयो भने यसको अर्थ तपाईँको शुगरको स्तर बढेको छ भन्ने हुन्छ । तर यदि तीन सय एमजी/डीएलभन्दा माथि भयो भने यो स्तर अत्यन्त खतरनाक हुन्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरसंग सम्पर्क राख्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *