अर्थसमाचार

आजबाट तातोपानी नाका एक साता बन्द हुने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २८ चैत्र २०७९ , मंगलबार

काठमाडौं_ पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो।

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *