समाचार

अध्यागमनका अधिकृत पाण्डेको ट्रकको ठक्करले मृत्यु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १९ चैत्र २०७९ , आइतबार

काठमाडौं_काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको हो। उनी शाखा अधिकृत हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ट्रक तिव्र गतिमा नभएको र स्कुटर अगाडि भएको नदेख्दा दुर्घटना भएको सिसिटिभी फुटेजमा देखिन्‍छ।

ठक्करबाट घाइते भएका पाण्डेको वयोधा अस्पतालमा मृत्यु भए । ट्रक चालक अर्जुन ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान प्रहरी वृत्त कालिमाटीबाट हुने परिसरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *