समाचार

मालपोत कार्यालयका खरिदार र लेखापढी १५ हजार घुससहित पक्राउ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १९ चैत्र २०७९ , आइतबार

मालपोत कार्यालय बारामा कार्यरत खरिदार र लेखापढी गर्ने पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दुई जनालाई १५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

पक्राउ पर्नेमा मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाह छन्।

जग्गा रजिष्ट्रेशन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *