समाचार

आज यी तीन प्रदेशमा वर्षाकाे संभावना

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ चैत्र २०७९ ,बुधबार

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा  हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *