राजनीति

उपनिर्वाचनका लागि आजवाट दलको दर्ता सुरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ चैत्र २०७९ , बुधबार

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ।

बैशाख १० गते हुन गइरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरे अनुसार आजवाट दल दर्ता सुरु गर्न लागेको हो। चितवन-२, बारा-२ र तनहुँ-१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन-२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा-२ रिक्त हुन पुगेको थियो।

यसैगरी, तनहुँ-१ वाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ। सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले बैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *