समाचार

तीन पाइलट क्यानको निलम्बनमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १० चैत्र २०७९ , शुक्रबार

काठमाडौँ_नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ।

पाइलटहरूले उडान नियम उल्लंघन गरेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका उनीहरूलाई निलम्बन गरिएको हो।

‘उडान सुरक्षासम्बन्धी नियमहरू उल्लंघन गरेका तीन हेलिकप्टर कम्पनीका तीन जना क्याप्टेनहरूलाई अर्को सूचना जारी नहुन्जेल ड्युटीबाट निलम्बन गरिएको छ,’ प्राधिकरणले भनेको छ।

प्राधिकरणका अनुसार एक पाइलटले काठमाडौं-लुक्ला उडानका क्रममा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग अश्लिल शब्द बोलेका थिए। त्यसैले उनलाई निलम्बन गरिएको हो।

त्यस्तै अरू दुई कम्पनीका दुई पाइलटहरूले उडान सुरक्षा मापदण्ड उल्लंघन गरेका हुन्।

तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन नपाउने प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *