समाचार

कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ५ चैत्र २०७९ ,आइतबार

काठमाडौँ  । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।

कुल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत पाउँदा उप्रेतीले २०९ प्राप्त गरिन् । त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी हुँदा महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी चुनिएका छन् ।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *