खेलकुद

विश्वकप जित्ने सपनाको अन्त्य भयो- क्रिस्टियानो रोनाल्डो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो सपनाको अन्त्य भएको बताएका छन्।

आफ्नो करिअरको सबभन्दा ठूलो र महत्वाकांक्षी सपना पोर्चुगलका लागि विश्वकप जित्ने भए पनि त्यो सपनाको अन्त्य भएको उनले बताएका हुन्।

कतारको अल थुमामा रंगशालामा शनिबार विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोसँग पराजित भएपछि रोनाल्डो आँशु पुछ्दै मैदानबाट निस्किएका थिए।

उनका प्रशंसकहरू पनि उनको अवस्था देखेर भावविह्वल भए।

आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो सपनाको अन्त्य भएको बताएका हुन्।

उनको स्टाटसको सारांश यस्तो छ, ‘पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। सौभाग्यवश मैले अन्तर्राष्ट्रिय स्तरका धेरै उपाधि जितेँ। तर आफ्नो देशको नाम विश्वको सबैभन्दा उच्च स्थानमा राख्नु मेरो सबैभन्दा ठूलो सपना थियो।

म यसका लागि लडेँ। यो सपनाका लागि कडा संघर्ष गरेँ। मैले मेरो सबै दिएर खेलेँ। मैले त्यो सपनालाई कहिल्यै छोडिनँ। दुःखको कुरा हिजो त्यो सपना समाप्त भयो। मेराबारे अहिले धेरै भनिएको छ, धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ। तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि बदलिएको छैन। म सधैं हामी सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्किने छैन। अहिलेका लागि धेरै भन्नु छैन। धन्यवाद पोर्चुगल…।

Leave a Reply

Your email address will not be published. Required fields are marked *