समाचारहेडलाइन

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:२३ फागुन २०७९, मंगलवार

काठमाडौँ – दार्चुलामा मङ्गलवार आज बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दार्चुलाकाे महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ। भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *