खेलकुद

आईसीसी लिग २ को दोस्रो सफल बलर बने सन्दीप

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१८ फागुन २०७९, बिहिवार

काठमाडौँ – नेपाल युएईसँग आईसीसी लिग २ को खेलमा पराजित भयो। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले युएईलाई सस्तैमा समेटेको थियो। पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछानेले उत्कृष्ठ प्रदर्शन गर्दा युएईले ८ विकेटको क्षतिमा मात्रै २०७ रन जोड्न सक्यो। नेपालका लागि यो सामान्य लक्ष्य थियो।

तर नेपालका ब्याटरले जिम्मेवारपुर्वक ब्याटिङ गर्न नसक्दा नेपालले पराजय ब्यहोर्नु परेको छ। कप्तान रोहित पौडेल, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेख शून्य रनमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। ओपनर कुशल भुर्तेल ५ रनमा आउट हुँदा आसिफले पनि मात्रै १७ रन जोड्न सके।

कुशल मल्लले अर्धसतकीय पारि खेलेपनि लामो सट खेल्दा उनी पनि आउट भए। त्यसपछि नेपालको इनिङ धरापमा पर्यो। दीपेन्द्र, सोमपाल र गुल्सन पनि सम्हालिन सकेनन्।

यो खेलमा सन्दीपलाई अन्तिममा ल्याइएको थियो। तर उनले अन्तिम आएर नेपाली टोलीका लागि उत्कृष्ठ ब्याटिङ गरे। अन्तिम ओभरका लागि करणसँग साझेदारी गरेका सन्दीपले ४ चौकाको मद्दतमा २६ रन जोडेपनि करण आउट हुँदा नेपाल अलआउट हुन पुग्यो। नेपालका लागि बिहीबार सन्दीपले सर्वाधिक दोस्रो ठूलो स्कोर बनाए।

यसअघि बलिङ तर्फ पनि १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिएका थिए। सन्दीप सर्वोच्चले प्रतिबन्ध हटाएसँगै बुधबार राति मात्रै युएई पुगेका हुन्। अनेक तनाबमा रहेका सन्दीपले नै टोलीका लागि सबैभन्दा ठूलो मद्दत गरे।

युएईको तीन विकेट लिएका सन्दीप आईसीसी लिग २ मा सर्वाधिक दोस्रो धेरै विकेट लिने बलर बनेका छन्। उनको विकेट संख्या ५८ पुगेको छ। यसअघि नेपालमा ४ खेलमा १३ विकेट हात पारेका थिए।

उनीभन्दा अगाडी ओमानका बिलाल खान छन्। बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका छन्। त्यो भन्दा कम खेल खेलेका सन्दीप दोस्रो स्थानमा छन्। सन्दीपले लिग २ का अझै ६ खेल खेल्ने सम्भावना छ।

२ खेल युएईमा र ४ खेल नेपालमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *