खेलकुदराष्ट्रिय समाचार

दशरथ रंगशालामा किन्डर ओलम्पिक हुने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — पुसको पहिलो शनिबार दशरथ रंगशालामा १० औं किन्डर ओलम्पिक २०७९ खेलकुद हुने भएको छ ।

आयोजक अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा १० वर्षदेखि नियमित हुँदै आइरहेको किन्डर ओलम्पिक यसपालि पुस २ र ९ गते आयोजना हुँदैछ।

प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका गरी ३२ विद्यालयका विद्यार्थीले भाग लिने छन् । प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, जिम्न्यास्टिकसहित ६ खेलका विधा समावेश गरिएको छ । त्यसमा नर्सरी, यूकेजी एलकेजीका साढे २ देखि ५ वर्षसम्मका साना खेलाडीले भाग लिने आयोजक एकताकी सदस्य लिना श्रेष्ठले बुधवार पत्रकार सम्मेलनमा जानकारी गराइन् । यस महोत्सवमा झन्डै १४ सय बालबालिका समावेश हुने अपेक्षा छ ।

सदस्य श्रेष्ठले सानैदेखि विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक सुरुआत गरेको बताइन् ।

उनले भनिन्, ‘खेलकुदप्रतिको रुचि सानैदेखि बढाउने, बच्चाको शारीरिक र मानसिक विकासका साथै सहभागिता नै ठूलो हो भन्ने सन्देश दिन सफल भएका छौं ।’

सन् २०१२ देखि निरन्तर आयोजना हुँदै प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *