खेलकुदहेडलाइन

नेपाल विजेता बन्दै यू-१९ विश्वकपमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१८ फागुन २०७९, बिहिवार

काठमाडौँ –  नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो ।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *