समाचार

उपत्यकामा भएका अधिकांश बलात्कार होटेलमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १४ फाल्गुन २०७९ , आइतबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा हुने अधिकांश बलात्कारका घटना होटेलमा हुने गरेको भेटिएको छ । पछिल्लो तिन महिना मङ्सिर, पुस र माघमा भएका घटना विश्लेषण गर्दा अधिकांश बलात्कार होटेलमा भएको भेटिएका हुन् ।

धादिङ घर भएर काठमाडौँको नागार्जुन बस्ने सुरज अधिकारी फागुन ९ मा पक्राउ परे । ३४ वर्षीय सुरजले १७ वर्षीये किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्थित कारखाना चोक स्थित होटेलमा ती किशोरीलाई लगेर सुरजले बलात्कार गरेका हुन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७९ मङ्सिर, पुस र माघमा उपत्यकाका ३ जिल्लामा ६१ वटा बलात्कारका घटना भएका छन् । तीमध्ये होटेलको कोठामा ३१ वटा बलात्कारका घटना भएका छन् ।

डेरा, कोठामा १७ वटा घटना भएका छन् । घर, कोठामा ११ जना बलात्कृत भएका छन् । काठमाडौँ उपत्यकामा मन्दिर र टहरामा पनि बलात्कार हुने गरेको भेटिएको छ ।

उपत्यकामा ३ महिनाको बलात्कार घटना :

तीन महिनाको अवधिमा १८ वर्षसम्मका ३५ जना किशोरी बलात्कृत भएका छन् । १९ देखी २५ वर्षसम्मका १५ जना र २६ देखी ३५ वर्षसम्मका ९ जना युवती बलात्कृत भएका छन् । ३६  देखी ४५ वर्ष उमेर समूहका दुई जना बलात्कृत भएका छन् ।

होटेल र गेस्ट हाउसमा पैसा तिरेपछि सहज कोठा उपलब्ध हुने हुनाले अरोपीहरुको सहज एप्रोच हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए । ‘पैसा तिरेपछि सहज रूपमा बस्न पाइने भएकाले आरोपीहरूले गेस्ट हाउस र होटेललाई घटनास्थल बनाउने गरेका छन्’ एसपी रिजालले भने–‘ललाई, फकाई पीडितहरूलाई होटेलमा लगेर बलात्कार गर्ने गरेको अनुसन्धानबाट देखिन्छ ।’

काठमाडौँ उपत्यकामा होटेल र गेस्ट हाउसहरूको डाटा इन्ट्री सिस्टम मजबुत छैन । कमजोर ढङ्गले तथ्याङ्क राखिने हुनाले आरोपीहरूले होटेललाई अपराधको सहज स्थल बनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *