राष्ट्रिय समाचारहेडलाइन

एमाले बाहिरिएपछि मन्त्रिपरिषद्‍ बैठकका यस्ता छन् ९ निर्णय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१६ फागुन २०७९, मंगलवार

काठमाडौँ – सबैभन्दा ठूलो दल एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।१५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ मन्त्रालयसम्बन्धी ९ वटा निर्णय गरेको हो ।

बैठकले कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरूको पाँचौँ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलको फागुन १९ देखि २३ गतेसम्मको भ्रमणलाई स्वीकृत गरेको छ ।

बैठकले गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३।८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयातसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा प्रशासकीय भवन बनाउने राष्ट्रिय वनक्षेत्रको ६ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

बैठकले सहिद घोषणा भई राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेका सहिदहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

नेपाल सरकारका सबै तथ्यांक एवं सूचनालाई एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौंडामा रहेको डिजास्टर रिकभरि केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरी २४ सै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउनेसहित निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *