अर्थसमाचार

बागमती प्रदेशमा गाडी भाडा घट्यो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ श्रावण २०८० , बिहीबार

काठमाडौं-काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारीसाधनको भाडा घटेको छ।

प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडा घटेको हो ।

लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ।नयाँ भाडादरको सूचीअनुसार बस चढेपछि पहिलो ५ किलोमिटरसम्मको दूरीको भाडा १८ रुपैयाँ कायम भएको छ।

यसअघि यो दर १९ रुपैयाँ थियो। त्यस्तै १० किलोमिटरसम्मको दूरीको भाडा २४ रुपैयाँ, १५ किलोमिटरसम्मको भाडा २९ रुपैयाँ, २० किलोमिटरसम्मको भाडा ३२ र २० किलोमिटरभन्दा माथिको भाडा दर ३७ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *